News » नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१२ को अन्तिम तयारी सम्बन्धी प्रेसका लागि जानकारी


Date : Apr 4, 2012
Location : Kathmandu

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१२ (Nepal International Trade Fair-2012) को तयारी अन्तिम चरणमा पुगेको छ । भोली चैत्र २३ गते विहिवारदेखि भृकुटीमण्डप प्रदर्शनीस्थलमा मेला आयोजना हुँदैछ । मेलाको सम्पूर्ण तयारी सम्पन्न भैसकेको छ । 


मेलाको भोली सम्माननीय राष्ट्रपतिज्यूबाट विहान ११:३० बजे एक विशेष समारोहका बीच समुद्घाटन सुसम्पन्न हुने छ । समुद्घाटन समारोहमा मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु, उद्योगी व्यवसायीहरु, आम नागरिकहरुको सहभागिता रहने छ । 


नेपालको निर्यात व्यापारलाई सघाउने उद्देश्यले महासंघद्वारा आयोजना गर्न लागिएको यो मेलालाई नेपाल सरकार वाणिज्य मन्त्रालयको सहयोग प्राप्त छ । हालसम्म ३५० भन्दा बढी प्रदर्शनीकर्ताहरुले आफ्नो स्टल बुक गराईसकेका छन् । नेपालको निर्यातजन्य वस्तुहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिन लागेको यो मेलामा नेपालका अतिरिक्त भारत, भुटान, बंगलादेश, चीन, पाकिस्तान आदिका प्रर्दशकहरुको सहभागिता रहने छ । 


मेलामा भारतका ६ वटा, चीनको ३० वटा, बंगलादेशका ७ वटा, पाकिस्तानको ७ वटा र भुटानका २ वटा स्टलहरु मर्फत ती देशका वस्तु तथा सेवाहरुको प्रदर्शनी गरिने छ । चाइना सिचुवान पेभिलियनको औपचारिक शुभारम्भ भने शुक्रवार हुने कार्यक्रम छ ।  


नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल चीन कार्यकारी परिषद् समेतको सह-आयोजनमा यो मेला हुने छ । मेलामा हस्तकला पेभिलियोन,  à¤˜à¤°à¥‡à¤²à¥ तथा साना उद्योग पेभिलियन, चीनियाँ पेभिलियोन, एक गाउं एक उत्पादन पेभिलियन सहित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको कला संस्कृति, चिया कफि, मह, जडीवूटी, हाते गलैचा, आवासीय योजना, नविकरणीय उर्जाको छुट्टाछुट्टै पेभिलियनहरु मार्फत प्रदर्शनी गरिने छ । मेलालाई वस्तु तथा सेवाको खरिद बिक्रीको माध्यम बनाउने भन्दा पनि यसलाई समग्र राष्ट्रको “शो केस”को रुपमा प्रस्तुत गर्ने योजना महासंघको छ । 


मेलामा विशेषगरी तयारी पोशाक, विद्युत तथा विद्युतीय सामाग्रीहरु, अर्गानिक उत्पादनहरु, बेकरी तथा यससंग सम्बन्धित उपकरणहरु, सूचना प्रविधि, स्वदेशी तथा विदेशी हस्तकलाका सामग्रीहरु, छालाका उत्पादनहरु, प्रशोधित खाद्यान्नहरु रहने छन् । मेलामा सजाईएका पेभिलियनहरुको वैज्ञानिक मुल्यांकन गरी उनीहरु बीच प्रतिस्पर्धा गराउने, मेलामा उत्कृष्ट क्रेताहरु समेतलाई सम्मान गरिने कार्यक्रम छ । मेला अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा छलफल, अन्तरक्रिया तथा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरु बीच महत्वपूर्ण व्यावसायिक भेटवार्ता समेत गराइने छ ।  


मेलाको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको छ भने प्रायोजकमा सूर्य नेपाल, सह-प्रायोजकमा शिखर सुज प्रालि रहेका छन् । त्यसैगरी आधिकारिक मेडियामा कान्तिपुर ग्रुप अफ कम्पनिज, आधिकारिक र्बैक स्ट्याण्डर्ड चाटर्ड, आधिकारिक एयरलाइन्स कटार एयरवेज, आधिकारिक ट्राभल एजेन्सीमा सी एण्ड के टुर्स एण्ड ट्राभल्स प्रा.लि.,आधिकारिक कार्गोमा गणेश कार्गो प्रा.लि., आधिकारिक इन्स्योरेन्समा एभरेष्ट इन्स्योरेन्स प्रा.लि. रहेका छन् । कम्युटर एसोसिएसन नेपाल, वल्र्ड भ्यू नेपाल आदिले पनि मेलालाई सहयोग पुर्‍याउने छन् भने मेलालाई नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरु वैद्यज अर्गनाइजेशन (VOITH), गोल्छा अर्गनाइजेशन, मुरारका अर्गनाईजेशन, डाबर नेपाल, सिभिल होम्स, कान्तिपुर ग्रुप अफ कम्पनीज, डाउनटाउन हाउजिङ प्रा.लि आदिले सहयोग पुर्‍याउने छन् ।


स्वदेशी तथा विदेशी गरी करिव दुई लाख आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त मेलालाई दक्षिण एशियाली क्षेत्रमा अत्यन्त महत्वका साथ हेरिएको छ भने मेलामा सहभागिताका लागि सार्क क्षेत्रका सदस्य राष्ट्रहरुबाट उत्साहजनक सहभागिता भैरहेको छ । शतप्रतिशत स्टल बुक भैसकेको छ । 


सन् २०१२-१३ लाई नेपाल लगानी वर्षका रुपमा मनाउने तयारी भैरहेको सन्दर्भमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला लगानी वर्ष अभियानलाई सफल पार्न समेत सहयोगी हुने महासंघको विश्वास छ । 


मेलालाई सफल रुपमा सम्पन्न गर्न संचार जगतको निकै ठूलो भूमिका हुन्छ । महासंघका हरेक कार्यक्रमहरु यहांहरुबाट निकै ठूलो सहयोग प्राप्त हुंदै आएको छ । यसका लागि महासंघ यहांहरुप्रति आभार प्रकट गर्दछ । साथै नेपाल अन्तराष्ट्रिय व्यापार मेलालाई सफल रुपमा सम्पन्न गर्न यहांहरुबाट सहयोग प्राप्त हुने पूर्ण विश्वास लिएका छौं । यहांहरु तथा यहांहरुको परिवारका सम्पूर्ण सदस्यहरुलाई मेला अवलोकनका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।  


पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजनाको उद्देश्यल, लक्ष सहित यसको उपादेयताका वारेमा जानकारी गराउनु भयो । 


महासंघको आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकारले धन्यवाद मन्तव्य राख्नु भयो ।

 
 

Other News :