News » Chinese delegations for Nepal International Trade Fair 2014


Chinese delegations for Nepal International Trade Fair 2014 Date : Oct 22, 2013
Location : Chengdu, China

आउँदो फागुनमा यहाँ आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलाको पूर्वसन्ध्यामा चिनियाँ लगानीकर्ताको उत्साहजनक आगमन हुने भएको छ । मेलापूर्व नै नेपालमा सरोकारवालासँग भेट र स्थलगत अध्ययन गरी लगानी र व्यापार प्रवर्द्धनको सम्बन्धमा ठोस निर्णयमा पुग्ने सोच चिनियाँले बनाएका छन् ।
नेपाली उत्पादनको बिक्री प्रवर्द्धन गर्ने तथा यहाँ आयोजना हुने अन्तर्राष्ट्रिय मेलाको प्रचारप्रसार गर्ने उदेश्यले हाल चीनमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको छलफलमा चिनियाँ उद्यमीले उक्त प्रतिवद्धता जनाएका हुन् । नेपाली टोलीले विभिन्न सरकारी निकाय र विभिन्न स्थानका उद्यमी व्यवसायीका प्रतिनिधिमूलक संगठनहरुसँग अन्तरक्रिया गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार र महासंघ ब्राण्डिङ तथा आयस्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकारले चीनमा सरोकारवालासँग छलफल गरिरहनु भएको छ । सोमबार चीनको वाणिज्य मन्त्रालयअन्तर्गत ट्रेड डेभलपमेन्ट ब्यूरो र नेपाल उद्योग महासंघबीच दुई पक्षीय व्यापार व्यवसाय प्रवर्द्धनको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
 

 

 
 

Other News :