News » साउन ५ देखि ८ गतेसम्म काठमाडौंमा इक्यान शैक्षिक मेला


Date : Jul 8, 2017
Location : Kathmandu

असार काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले साउन ५ गतेदेखि ८ गतेसम्म इक्यान शैक्षिक मेला-२०१७ आयोजना गर्ने भएको छ ।

एघारौं शैक्षिक मेलाको रुपमा आयोजना हुन लागेको यो मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको इक्यानले जनाएको छ ।

इक्यानका कार्यवाहक अध्यक्ष बिष्णुहरि पाण्डेका अनुसार शैक्षिक मेलामा २ सय ३३ वटा स्टलहरु रहनेछन् भने १७ वटा पेभिलियनहरु रहने जानकारी दिएका छन् ।

इक्यानले यो मेलामा करिब ३० हजार विद्यार्थीको सहभागिता हुने अनुमान गरेको छ । स्वदेशी तथा विदेशी कलेजहरुका बारेमा सूचना प्रवाह गर्नको लागि यो मेलाको आयोजना गर्न लागिएको पाण्डेले बताए ।

‘स्वदेशी तथा विदेशी कलेजहरुको बारेमा यथेष्ट सूचना प्रवाह गर्नुका साथै त्यहाँ उपलब्ध हुने छात्रवृत्ति सुबिधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा दिनको लागि यो कार्यक्रम आयोजना गर्न लागेका हाैं ।’

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वेदशी तथा विदेशी शैक्षिक संस्थाहरु विभिन्न देशमा रहेका कलेजहरुका आधिकारिक प्रतिनिधिको समेत उपस्थित रहने भएको छ ।

अरिना इन्टरनेशनल एजुकेसन् सर्भिसेज , बाबा एजुकेशन कन्सल्टेन्सी , कङ्गारु एजुकेशन फाउन्डेसन् , गोल्डेन गेट इन्टरनेशनल एजुकेसन् , फास्ट ट्रयाक एजुकेशन् कन्सल्टेनसी र इन्लाइटिन इन्टरनेशनल एजुकेसन  यो मेलाको स्पोन्सरका रुपमा  रहेका छन् ।  अनलाइनखबर डटकम मेलाको मिडिया पार्टनरका रुपमा रहेको छ ।

२०७४ असार २५ गते १७:२९ मा प्रकाशित

 
 

Other News :