News » आज देखि जाजरकोट महोत्सव शुरु


Date : Dec 26, 2014
Location : Jajarkot


अनलाइन प्रतिनिधि पौष ११ जाजरकोट ,आज देखि प्रथम जाजरकोट महोत्सव संचालन हदै छ जाजरकोट जिल्लामा पहलिो चोटि विविध सांस्कृतिक धरोरहको प्रचार प्रसार गर्ने उदेश्यले व्यवशायीक रुपमा संचालन गर्न लागिएको महोत्सव यस पटक जाजरकोट उद्योग वाणिज्य संघको आयोजनामा खंलगामा ११ देखि १७ सम्म संचालन हुदै छ ,यस पटकको महोत्सवमा ६५ ओटा स्टलरहरु राखिएको छ महोत्सवमा राष्टि तथा स्थानियक कलाकारहरुको कला प्रस्तुत हुने छ त्यस्तै जारकोटको स्थानीय पौरानिक खाडो नृत्य , मयुरा नाच ,पैसेरी मारुनी लगाएतका नाचहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।


हिजो सम्म आवश्यक तयारी भैरहेको महोत्सवक केन्द्रमा आवश्यक सम्पुर्ण तयारी पुरा भाएको जाजरकोट उद्योग वाणिज्य संघ जारकोटले जनाएको छ । उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमान खडका ले विहानै देखि वाकी रहेका कामहरु सुरु भै सकेको जानकारी दिनु भयो । त्यस्तै सुर्खेतको राकम र सल्लायनको सल्ली वजार जोड्ने फेरी विग्रीय पछि कलाकारहरुलाई ल्याउन र पठाउन समस्या सिर्जना भएको वताउनु भयो । त्यसका लागि जाजरकोट सडक खण्डमा र सल्ली वजार सडक खण्डमा १,१ वटा गाडि स्ेटेन वनाएर राखिएको पनि जानकारी दिनु भयो ।


आज वाट संचालन हुने कार्यक्रमको औपचारीक उदघाटनकार्यक्रम आज विहान ११ वजे भौतिक पुर्र्वाधार तथा यातायात ब्यवस्था मन्त्री विमलेन्द्र निधिको प्रमुख आथित्यतामा संचालनहुने छ । आज हुने उदघाटनकार्यक्रममा जिल्लाका ३ वटै सभाषदहरुको आथित्यता हुने छ त्यस्तै छिमेकी जिल्ला रुकुमका प्रमुख जिल्ला आधिकारी ,स्थानिय विकास अधिकारी जिल्ला न्यानिस सहितको एक टोलि हिजो जाजरकोट आइ पुगेको छ ।


प्रमुख जिल्ला अधिकारी कामको व्यस्तताले रुकुमको चौरजहरी फर्कनु भएको थियोे आज उदघाटन कार्यक्रममा सहभागीता जनाउने कार्यक्रम रहेको छ । त्यस्तै राष्टिय कलाकारको एक टोलि पनि जाजरकोट आइ पुगेको छ हिजो वेलुका खलंगा पुगी सकेको उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त प्रसाद शर्माल्ो जानकारी दिनु भयो ।


कार्यक्रम स्थल दुलहि सिगारिए झै सिगारिने प्रयासमा छ भने त्रि भुवन उच्च माविकसो प्रागण स्टल होटेल, रोटेपिगं जादुगर ,वालवालिकाका लागि खेलहरु आदिले भरिएको छ । पहिलो दिन प्रवेशका लागि शुल्क लाग्ने छैन भने शनिवार देखि कार्यक्रम हेर्न चाहनेहरु रु ५० को टिकट किनेर हेर्न प्रवेश गर्न सक्ने छन । कार्यक्रमलाई व्यवस्थित गर्नका लागि त्रिउमाविको कम्पाउण्ड वरिपरी टिनको घेरा वार गरिएको छ भने मञ्च पनि सजाइ सकिएको छ । कार्यक्रम स्थलमा विद्युत आपुर्तिलाई सहज वनाउन विशेष किसिमको व्यवस्था मिलाइएको छ । आगन्तुकहरुका लागि जारकोटको उत्पादन मह , सुन्तला,लगाएतका वस्तुहरु पनि राखिएको छ कार्यक्रममा कृषि मेला समेत प्रर्दशन हुने भएकोले किसान दाजु भाइ दिदि वहिनीहरुले आफ्ना विभिन्न वालीहरु प्रर्दशनिमा राख्न सकिने जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।


श्रोतः http://jajarkotonline.com/?p=402

 
 

Other News :