News » नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०७२: मेला अलग्गै पहिचान वनाउन सफल भएको छ - आयोजक कमिटिका सदस्यहरु (२०७२/११/३०)


Date : Mar 13, 2016
Location : Kathmandu

नेपाल उद्योग वाणिज्य महासंघले वर्षेनी आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair) ले स्वदेश तथा विदेशमा समेत आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।  यस वर्ष यही चैत्र ४ गते काठमाडौंमा शुरु हुने मेलाको सवै तयारी सकिएको छ । भृकुटीमण्डपमा विहीवार भव्य समारोहका बीच समुद्घाटन हुने मेला मुलुकभित्र आयोजना हुने अन्य मेला महोत्सव भन्दा अलग्गै आफ्नो ब्राण्ड बनाउन सफल भएको छ । मेला हरेक वर्षको मार्च महिनामै आयोजना हुंदै आएको छ । मेला आफ्नो वार्षिक क्यालेण्डर अनुरुप नै आयोजना हुंदै आएको छ । 


नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुंदै आएको छ । यो पांचौ संस्करण हो । महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन् । ३०० सय  भन्दा बढी स्टल मार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । यस वर्ष मेलामा मेलामा भारत र चीन लगायत वंगलादेश, पाकिस्तान लगायत देशका कम्पनीहरुको सहभागिता रहने छ भने जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने छन् । मेलामा China Exhibition and Forum Private Limited / Indian Chambers of Commerce को नेतृत्वमा मित्रराष्ट्र भारत र चीनबाट क्रमश: ७० र ९० वटा स्टलहरु रहने छन् ।


मेला अन्तराष्ट्रिय क्रेता तथा प्रदर्शनकर्ताहरुलाई नेपाल भित्र्याउने, वाह्य देशको प्रविधि भित्रयाउने, व्यवसायिक सम्बन्ध विस्तार गर्ने वलियो शुत्र बन्दै गएको व्यापार मेला समितिका सभापति राजु जोशी वताउनु हुन्छ । व्यवसायमा रुची भएका तर व्यवसायिक तौर तरिका थाहा नभएकाहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय वजारमा वजारी कौशल सिकाउन पनि यो मेला सहयोगी भएको उहांको वुझाई छ । उहां भन्नुहुन्छ केही गरौ भन्नेहरुका लागि मेला सहयोगी हात भैरहेको छ ।  

   

एकै छानामुनीबाट स्वदेशी विदेशी वस्तु तथा सेवाको प्रवद्र्धन, खरिद विक्री, प्रत्यक्ष अन्तरक्रिया हुने मेला नयां सोंच, उत्पादन तथा प्रविधिको सही परिक्षण गर्ने उपयुक्त थलो पनि हो । यसका अतिरिक्त मेलामा नेपाली र सहभागी अन्तराष्ट्रिय प्रदर्शनीकर्ता बीच प्रविधि तथा शीप आदान प्रदान, एकल तथा संयुक्त लगानीको सम्भाव्यता तथा लगानीका क्षेत्रहरुको पहिचान, आपसी व्यवसायिक भेटघाट महत्वपूर्ण आकर्षणहरु रहने छन् । महासंघले यसलाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको छ । महासंघले मेलालाई स्वदेशी एवं विदेशी exhibitors बीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण इभेन्टको रुपमा विकास भैरहेको धारणा छ अर्का सदस्य लोकविक्रम थापाको । सदस्य थापा भन्नुहुन्छ - नेपाली उत्पादनहरुको निर्यात सम्भाव्यतालाई उजागर गर्न तथा अन्तराष्ट्रिय खरिदकर्ताहरुलाई नेपाली उत्पादनहरुको वारे जानकारी सफल हुंदै आएको छ । 


मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहने छन् । त्यसैगरि अन्तर्राष्ट्रिय व्यापार मेलामा जडीवूटी र नेपाल व्यापार रणनीति अन्तरगत रहेका वस्तु तथा सेवा (एनटीआइएस)हरुको प्रदर्शनी हुनेछ जसमा विभिन्न ७० वटा स्टल मार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहने छ । मेलामा एनटीआइएसको प्रचार प्रसार तथा तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य मेलाको छ । 


मेलाले अलग्गै पहिचान वनाउन सफल भएको दावी गर्नुहुन्छ, समितिका सदस्य देवेन्द्र भक्त श्रेष्ठ । उहां भन्नुहुन्छ - यसलाई केवल मेलाको रुपमा मात्र अगाडी नबढाई मुलुककै आयात निर्यात प्रवद्र्धनको दरिलो माध्यम वनाउनु पर्ने सोंच अनुसार काम भैरहेको छ । 


मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीवारे छलफल हुनेछ ।


मुलुक अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको अहिलेको अवस्थामा समग्र मुलुककै प्रवद्र्धन गर्न तथा नेपाली उत्पादन तथा सेवाहरुको वजारीकरण गर्न मेला कोशेढुंगा हुने विश्वास महासंघको व्यापार मेला समितिका सभापति केशवराज पाण्डेको छ । बढी भन्दा बढी उत्पादनहरुलाई मेलामा सहभागी गराउने र अवलोकनकर्ताहरुलाई आकर्षित गर्ने, नेपाली र विदेशी व्यवसायीहरु बीच व्यवसायिक भेटवार्ताका माध्यमबाट व्यापार तथा लगानी, प्रविधि आकर्षण, व्यवसायिक तौर तरिका आदान प्रदान गर्न मेला सफल हुने दावी उहांको छ ।  

 
 

Other News :