News » क्षेत्रीय महोत्सवको तयारी तीव्र, आकर्षक छुट योजना


Date : Nov 30, 2014
Location : Dhading

नेपाल समाचारपत्र

धादिङ

आगामी पुस ७ गतेदेखि १७ गतेसम्म धादिङबेंसीमा सञ्चालन हुने मध्यमाञ्चल क्षेत्रीय महोत्सवको तयारी शुरू भएको छ।


उद्योग वाणिज्य संघ धादिङको आयोजना र घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला विकास समिति धादिङ र निलकण्ठ नगरपालिका सहआयोजक रहेको मेला क्षेत्रीयस्तरको हुने उद्योग वाणिज्य संघ धादिङले जनाएको छ।


मध्यमाञ्चल विकास क्षेत्रका १९ वटै जिल्लाका उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघसँग परामर्श र समन्वयको कार्यलाई प्राथमिकतामा राखिएको उद्योग वाणिज्य संघ धादिङले जनाएको छ। महोत्सवलाई उपलब्धिमुलक र बनाउन जनसहभागितासँगै प्रदर्शनमा राखिने वस्तुलाई पनि यसपटक विशेष ध्यान दिइने महोत्सव मुलआयोजक समिति उद्योग वाणिज्य संघ धादिङले जनाएको छ।


‘घरेलु उद्योग, कृषि, जलस्रोत, पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धि हाम्रो अभियान’ भन्ने नाराका साथ हुन गइरहेको महोत्सवमा स्टल लिनेलाई छुट दिन लागिएको मुलआयोजक समितिले जनाएको छ। साधारणतर्फको ३ वा ३ भन्दा बडी स्टल एउटै समूहले लिएमा २० प्रतिशत छुट पाउने छन्।


त्यसैगरी मध्यमाञ्चल क्षेत्र भित्रका जिल्लाका उद्योग वाणिज्य संघ वा घरेलु तथा साना उद्योग विकास समिति वा विभागको सिफारिसमा आउने व्यवसायीले ४० प्रतिशत छुट पाउनेछन्।


त्यसैगरी मध्यमाञ्चल क्षेत्र भित्रबाट ल्याइने घरेलु उत्पादन, हस्तकला, कृषि, जडीबुटीजन्य वस्तुको स्टलमा ३ वा ३ भन्दा बढी व्यवसायी आएमा ५० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको महोत्सव मुलआयोजक समितिले जनाएको छ। महोत्सवका लागि स्टल शुल्क अग्रिम भुक्तानी गर्नेलाई सबै सुविधासहित थप १० प्रतिशत थप छुट दिइने आयोजकले जनाएको छ।


श्रोतः http://www.newsofnepal.com/new/money/2014/11/76793

 
 

Other News :