News » फागुन १ देखी पाल्पा महोत्सव


Date : Dec 30, 2014
Location : Palpa

अमृत अधिकारी-पाल्पा, १५ पुस । पाल्पामा आगामी फागुन १ देखि १० गते सम्म ‘पाल्पा महोत्सव २०७१’ हुने भएको छ । पाल्पा उद्योग बाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको मुख्य आयोजनामा मेला सञ्चालन हुन लागेको हो ।  

 

तानसेनको टुँडीखेल मैदानमा हुने मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनकोे संयोजकत्वमा मूल समारोह समिति सहित विभिन्न २९ उपसमिति संयोजकहरु गठन भएको छ । 

 

 à¤ªà¤¾à¤²à¥à¤ªà¤¾à¤•à¥‹ पर्यटकिय विकास संगै कृषि उत्पादन, घरेलु तथा साना उद्योगको बजार विस्तार प्रर्वद्धन तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष राजु महर्जनले बताए । महोत्सवमा कृषिजन्य वस्तुहरुको प्रचारप्रसार गरिनेछ ।  à¤®à¤¾à¤›à¤¾ पालन गर्ने तरिका प्रदर्शन सँगै विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत सो अवधिमा रहनेछ । 

      

जिल्लाका स्थानीय उत्पादन, पर्यटन विकास, उद्योग एवं व्यापारिक प्रतिष्ठानको प्रवद्र्धनका लागि र संघको बहुउद्देश्यिक भवन निर्माणकालागि महोत्सव गर्न लागिएको पाल्पा उद्योेग वाणिज्य संघले जनाएको छ । 

 

मेलाबाट उठेको रकमबाट जिल्लाको विकास निर्माणकालागि निश्चित प्रतिशत विनियोजन समेत गरिने भएको छ । महोत्सवमा राष्ट्रिय उद्योग प्रतिष्ठान, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, अटोमोवाईल्स, सूचना प्रविधी, कृषि एवं पर्यटन सेवाका स्टलहरु रहने स्टल व्यवस्थापन समितिका संयोजक दिपकप्रसाद पाण्डेयले बताए । 

 

महोत्सवमा ३ सयभन्दा बढि स्टलहरु रहने र दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।


श्रोतः http://www.karobardaily.com/nepali/news/2014/12/1419924025

 
 

Other News :