News » सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०७२ समुद्घाटन: अन्तर्राष्ट्रिय व्यापार मेला आर्थिक सम्बन्ध विस्तारको वलियो शुत्रधार भारतीय तथा चिनियाँ प्रतिनिधि (२०७२/१२/४)


Date : Mar 17, 2016
Location : Kathmandu

सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ (Nepal International Trade Fair-2016) को आज एक विशेष समारोहका बीच भृकुटीमण्डप, काठमाडौंमा समुद्घाटन सुसम्पन्न भयो ।

\"\"

\"\"

\"\"

\"\"


मेलालाई सम्माननीय राष्ट्रपतिज्यूबाट संवोधन भयो । सम्माननीय राष्ट्रपतिज्यूबाट अभिरुचीपूर्वक मेलाको अवलोकन भयो ।


समुद्घाटन समारोहमा महासंघका अध्यक्ष पशुपति मुरारकाले सम्माननीय राष्ट्रपतिज्यूमा मायाको चीनो अर्पण गर्नुभयो ।

\"\"

त्यस अघि महासंघका अध्यक्ष पशुपति मुरारकाले समुद्घाटन समारोहमा स्वागत मन्तव्य राख्नु भयो ।

\"\"

महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, रविभक्त श्रेष्ठ, कुशकुमार जोशी, उपाध्यक्ष किशोर कुमार प्रधान, दिनेश श्रेष्ठ, महासंघको व्यापार मेला समितिका सहसभापतिहरु मनिषलाल प्रधान, राष्ट्रभुषण चाकुवजी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारि अधिकृत इश्वरी प्रसाद घिमिरे, नेपाल चेम्वर, भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षहरु, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, सांसदहरु, संचारकर्मीहरु, उद्यमी व्यवसायीहरुको उपस्थितिरहेको समुद्घाटन समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले कृतज्ञता मन्तव्य राख्नु भयो ।

\"\"

महासंघको मेला समितिका सभापति केशवराज पाण्डेले नेपाल अन्तराष्ट्रिय व्यापार मेलाका विषयमा जानकारी गराउनु भयो ।


मेलाको समुद्घाटन समारोहमा चिनियां वाणिज्य मन्त्रालयको व्यापार विभागका उपमहानिर्देशक वु थोङतिआवो (Mr. Tongdiao, Deputy Director General of Trade Development Bureau of Ministry of Commerce of CHINA) र इण्डियन चेम्वर अफ कमर्सका महानिर्देशक डा. राजिव सिं (Dr. Rajeev Singh, Deputy Director General, Indian Chamber of Commerce) मेलाको समुद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनुहुंदै मेला नेपालको आर्थिक सम्बन्ध वाह्य देशमा विस्तार गर्न कोशेढुंगा हुने वताउनु भयो । उहांहरुले मेलामा आफनो देशको सहभागिताले आर्थिक, व्यवसायिक तथा लगानी विस्तारमा समेत सघाउ पुग्ने वताउनु भयो ।

\"\"

\"\"

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार/वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना भएको हो । यो पांचौ संस्करण हो । मेलाको सहआयोजकमा महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ रहेका छन् ।

मेलामा स्वदेशी एवं विदेशी गरि ३५० वटा स्टलहरु रहने छन् । मेलामा आयोजक राष्ट्र नेपाल सहित भारत, चीन, पाकिस्तान, वंगलादेशको प्रत्यक्ष सहभागिता रहनेको छ । मेलामा भारतबाट ७० वटा, चीनको ९० वटा, पाकिस्तानको २० वटा, वंगलादेशको ५ वटा स्टलहरु र वांकी नेपाली स्टलहरु रहेका छन् ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहेका छन् । त्यसैगरि मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयां प्रविधि तथा उपकरणहरु, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहेका छन् ।

मेलाको अफिसियल इन्स्योरेन्समा प्रिमियर इन्स्योरेन्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, अफिसियल आइएसपी प्रोभाइडरमा मर्कटायल प्रा.लि., मेलाका सहयोगीहरुमा आइसीसी, China Exhibition and Forum Private Limited, अर्घाखांची सिमेन्ट,प्रान रहेका छन् भने इभेन्ट म्यानेजमेन्टमा राइजइभेन्ट रहेको छ ।

मेलामा जापान, कोरिया, थाइल्याण्ड लगायतका देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने कार्यक्रम छ । मेलामा China Exhibition and Forum Private Limited र Indian Chambers of Commerce ले आआफ्नो देशको नेतृत्व गर्नेछन् । मेलाको अवलोकनका लागि चीनको सिचुवानबाट २० सदस्यीय चिनिया उद्यमी व्यवसायी प्रतिनिधिमण्डल नेपाल आएको छ ।


महासंघले यसलाई अन्तराष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको छ । महासंघले मेलालाई स्वदेशी एवं विदेशी exhibitors बीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण ायचगm को रुपमा विकास गरिरहेको छ ।


संलग्न:

सम्माननीय राष्ट्रपतिज्यूबाट दिनु भएको सम्बोधन भाषण ।

नेउवामहासंघका अध्यक्षज्यूबाट दिनु भएको स्वागत भाषण ।

नेउवामहासंघका वरिष्ठ उपाध्यक्षज्यूबाट दिनु भएको धन्यवाद मन्तव्य ।

नेउवामहासंघ मेला समितिका सभापतिबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका बिषयमा दिनु भएको मन्तव्य ।

For more photos 

 
 

Other News :